Kath khabar
नेप्सेमा सामान्य अंकले वृद्धि


                    काठमाडौं, चैत ५ । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन १० दशमलव ६२ अंकले घटेको नेप्से आज सोमबार तीन दशमलव २७ अंकले बढेर दुई हजार ७३ दशमलव ५३ अंकमा चढेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३० अंकले बढेर तीन सय ६९ दशमलव ५६ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको ५३ हजार दुई सय ५६ पटकको कारोबारमा ७४ लाख ५९ हजार चार सय २४ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ८८ करोड ५६ लाख ३७ हजार आठ सय १८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, निर्जीवन बीमा, लगानी र उत्पादनमूलक समुहको सूचक घटेका छन भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज गोर्खाज फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, पिपुल्स पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने मानुषी लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट आदि परेका छन् ।  

 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update