Kath khabar
नेप्सेमा सामान्य अंकले गिरावट


                 काठमाडौं, चैत ६ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार छ दशमलव २४ अंकले घटेर दुई हजार ६७ दशमलव २९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १६ अंकले घटेर तीन सय ६८ दशमलव ३९ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ६३ हजार आठ सय एक पटकको कारोबारमा ९४ लाख ७८ हजार नौं सय ३३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाइनान्स, जीवन बीमा र लघुवित्त समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर लिमिटेड, सर्वोत्तम सिमेन्ट, सप्तकोसी डेभलपमेन्ट बैंक आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ लगानी वृद्धि योजना २, गोर्खाज फाइनान्स, पिपुल्स हाइड्रोपावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, गोर्खाज फाइनान्स आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update