Kath khabar
नेप्से राताम्मै


                 काठमाडौं, चैत ८ । नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि १५ दशमलव ३७ अंकले घटेर दुई हजार ४८ दशमलव ५७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा पुगेकोे छ ।

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५२ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ८५ लाख ५२ हजार सात सय पाँच कित्ता  किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ३१ करोड ३० लाख १७ हजार सात सय १३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको  कारोबार हुँदा ट्रेडिङ समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा होटल तथा पर्यटन, लगानी, उत्पादकमूलक, सामूहिक लगानी कोष, लघुवित्त र अन्य समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सर्वोत्तम सिमेन्ट, पोखरा फाइनान्स आदिको मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था आदिको  मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने माछापुच्छ्रे बैंकको संस्थापक, सर्वोत्तम सिमेन्ट आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update