Kath khabar
१७ अंकले घट्यो नेप्से


                  काठमाडौं, चैत १२ । नेप्से घटेको छ । आज सोमबार नेप्से १७ दशमलव शुन्य एक अंकले घटेर दुई हजार ३१ दशमलव ५५ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि आज चार दशमलव ६४ अंकले घटेर तीन सय ६० दशमलव ७७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ४४ हजार दुई सय ३६ पटकको कारोबारमा ७० लाख ६१ हजार १२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा उत्पादनमूलक, होटल तथा पर्यटन, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त र अन्य समुहको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटलर्स नेपाल तराई लिमिटेड, सर्वोत्तम सिमेन्ट, नबिल ब्यालेन्स फन्ड २ आदिको शेयर मूल्य बढेका छन् भने किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update