Kath khabar
१० अंकले घट्यो नेप्से, उत्पादनमूलक बाहेक सबै सूचक रातै


                    काठमाडौं, चैत १४ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने १० दशमलव ८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ पनि दुई दशमलव १७ अंकले घटेर तीन सय ५९ दशमलव ४६ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४४ हजार दुई सय ४९ पटकको कारोबारमा ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमूलक सामान्य अंकले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहको सूचक घटेर रातो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सर्वोत्तम सिमेन्ट, स्वाभिमान लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने कालिका लघुवित्त वित्तीय संस्था, वीन लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, जोशी हाइड्रो पावर कम्पनी, पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update