Kath khabar
नेप्सेमा छ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै


                   काठमाडौं, चैत १९ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन १७ दशमलव तीन अंकले घटेको नेप्से आज सोमबार पनि छ दशमलव २६ अंकले घटेर दुई हजार १२ दशमलव शून्य सात अंकमा सीमित भएको छ ।

यसैगरी क बर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ९१ अंकले घटेर तीन सय ५५ दशमलव ६६ अंकमा सीमित भएको छ ।  
नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ६३ हजार १६ पटकको कारोबारमा ७२ लाख ९० हजार दुई सय कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको शेयर कारोबार हुँदा होटल तथा पर्यटन ट्रेडिङ समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज गुराँस लघुवित्त वित्तीय संस्था, माईखोला हाइड्रोपावर लिमिटेड, बोटर्लस नेपाल (तराई) लिमिटेड आदिले बढी कमाएका छन् भने रिभरफल्स पावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिले बढी गुमाएका छन् । सर्वोत्तम सिमेन्ट, गोर्खाज फाइनान्स आदिको भने आज बढी रकम कारोबार भएको छ ।

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update