Kath khabar
झण्डै दुई अंकले घट्यो नेप्से


                       काठमाडौं, चैत २० । नेप्से घटेको छ । अघिल्लो दिन छ अंकले घटेको नेप्से आज मंगलबार भने एक दशमलव ८५ अंकले घटेर दुई हजार १० दशमलव २१ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव ५३ प्रतिशतले बढेर तीन सय ५६ दशमलव २० अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरूको ४६ हजार दुई सय ३५ पटकको कारोबारमा ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब २९ करोड १६ लाख ४५ हजार पाँच सय ८५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक र अन्य समुहको घटेको छ भने फाइनान्स, जीवन बीमा, लगानी, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक बढेको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज किसान लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने ज्योति विकास बैंकको ऋणपत्र, तारागाउँ रिजेन्सी होटल आदिले गुमाएका छन् । गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट आदिको भने आज बढी रकम कारोबार भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update