Kath khabar
झण्डै चार अंकले घट्यो नेप्से

          
                    काठमाडौं, चैत २१ । नेप्से घटेको छ । आज बुधबार नेप्से तीन दशमलव ४३ अंकले घटेर दुई हजार छ दशमलव ७८ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ४३ अंकले घटेर तीन सय ५५ दशमलव ७७ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ५२ हजार ६५ पटकको कारोबारमा ६४ लाख ८१ हजार आठ सय ३४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार नौ सय ८६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेका छन् भने जीवन बीमा, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक बढेर हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज गुराँस लघुवित्त वित्तीय संस्था, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सिद्धार्थ लगानी वृद्धि योजना २ आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिभर फल्स पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सर्वोत्तम सिमेन्ट आदि परेका छन् ।  

कम्पनी, सिद्धार्थ लगानी वृद्धि योजना २ आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रिभर फल्स पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, सर्वोत्तम सिमेन्ट आदि परेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update