Kath khabar
आन्दोलनका क्रममा भिक्षुलाई गरेको दुर्व्यवहारको स्वीकार गर्दै प्रहरी प्रधान कार्यालयद्धारा विज्ञप्ति जारी

                      काठमाडौं, चैत २६ । शनिबार काठमाडौंको भद्रकालीमा प्रदर्शनका क्रममा भिक्षुमाथि भएको दुर्व्यवहारको स्वीकार गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गरेको छ । घटनामा संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

राजेन्द्र महतोको नेतृत्वमा विभिन्न जातजाति र धार्मिक समुदायका प्रदर्शनकारीले ‘बहुल राष्ट्र’ घोषणाको माग गर्दै गरेको प्रदर्शनका क्रममा उक्त घटना भएको हो ।

प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास गर्दा एक भिक्षुलाई प्रहरीहरूले दुर्व्यवहार गरेको देखाएको भिडियो सोसल मिडियामा देखिएको छ । जसको व्यापक आलोचना भइरहेको छ । त्यसको जवाफमा नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर चासो व्यक्त गरेको हो ।

काठमाडौं प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले प्रदर्शनकारीले आक्रोशित भएर प्रहरीमाथि आक्रमण गरेपछि बल प्रयोग गरिएको बताए । प्रहरी जवान रामसिंह बोहराको नाक भाँचिएको र अहिले आईसीयूमा उपचार भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

Capture-1712566072.JPG
 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update