Kath khabar
१० अंकले घट्यो नेप्से, दुईवटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए


                      काठमाडौं, चैत २८ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० अंकमा झरेको छ । क बर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९६ अंकले घटेर तीन सय ५८ दशमलव १९ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ६१ हजार चार सय १० पटकको कारोबारमा ८६ लाख ९६ हजार नौं सय १८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये उत्पादकमूलक र ट्रेडिङ समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहहरुको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज माण्डु हाईड्रो पावर कम्पनी, पोखरा फाइनान्स आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा भने सिंगटी हाइड्रो इलेक्ट्रिसिटी कम्पनी, गुराँस लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, पोखरा फाइनान्स आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update