Kath khabar
२०८१ साललाई नेप्सेको लालसलाम !


                काठमाडौं, वैशाख २ । बिस २०८१ साललाई नेप्सेले लालसलाम दिएर स्वागत गरेको छ । बिसं २०८१ सालको पहिलो तथा साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से घटेको छ ।

नेप्से आज दुई दशमलव ३५ अंकले घटेर दुई हजार २३ दशमलव २५ अंकमा सीमित भएको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव शून्य एक अंकले बढेर तीन सय ५८ दशमलव २० अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ५९ हजार ४२ पटकको कारोबारमा ७७ लाख ९५ हजार ३३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल तीन अर्ब छ करोड ३७ लाख ७२ हजार छ सय ५२ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये फाइनान्स, जलविद्युत, लघुवित्त र ट्रेडिङ समुहको सूचक बढेका छन भने वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिर्जनशील लघुवित्त वित्तीय संस्था, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, अपर हेवाखोला हाईड्रो पावर कम्पनी लिमिटेड आदिले कमाएका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, सिईडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, दोल्ती हाइड्रोपावर कम्पनी आदिले गुमाएका छन् । सानिमा माई हाइड्रो पावर कम्पनी, पोखरा फाइनान्स आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update