Kath khabar
नेप्सेमा १६ अंकले गिरावट


                      काठमाडौं, वैशाख ३ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन दुई दशमलव ३५ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार पुन १६ दशमलव ८२ अंकले घटेर दुई हजार छ दशमलव ५२ अंकमा खुम्चिएको छ ।  सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंकले घटेर तीन सय ५५ दशमलव ७८ अंकमा खुम्चिएको छ ।    

नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ५० हजार पाँच सय २४ पटकको कारोबारमा ७२ लाख २३ हजार सात सय ७३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार चार सय ३२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये सबै समुहहरुको सूचक घटेर नेप्से राताम्मै भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सूचक आठ दशमलव ५५ अंकले घटेको छ भने विकास बैंक समुहको सूचक २२ दशमलव शून्य आठ अंकले घटेको छ । फाइनान्स समुहको सुचक पनि ३३ दशमलव ५३ अंकले घटेको छ भने जलविद्युत समुहको सूचक पनि २४ दशमलव १५ अंकले घटेको छ ।

जीवन बीमा समुहको सूचक पनि ३४ दशमलव २७ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको सूचक ५१ दशमलव ४५ अंकले घटेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरूको सूचक पनि उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज माछापुच्छ्रे बैंकको ऋणपत्र, मेन्छियाम हाइड्रोपावर कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा गुराँस लघुवित्त वित्तीय संस्था, दोल्ती लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड, गोर्खाज फाइनान्स आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update