Kath khabar
लक्ष्मी सनराइज बैंकद्धारा कार्वन उत्सर्जन सम्बन्धी प्रतिवेदन सार्वजनिक


                   काठमाडौं, वैशाख ४ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । वातावरणीय उत्तरदायित्वको प्रतिबद्धता अनुसार बैंकले सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो प्रतिवेदनले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५,९६५.११ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ ।  जसमध्ये सवारी साधन कर्जामार्फत ३,६४४.५१ टन र आवासीय मार्फत १२,३२०.६० टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन भएको छ । 

बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ) सँग सन् २०२१ देखि आवद्ध हुँदै आएको छ। यो वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो । जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रीन हाउस ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्छ, बैंकले प्रतिवेदन मार्फत भनेको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update