Kath khabar
१२ अंकले बढ्यो नेप्से


                   काठमाडौं, वैशाख ९ । नेप्से बढेको छ । आज आइतबार नेप्से १२ दशमलव २९ अंकले बढेर १९ सय ८४ दशमलव ४३ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २८ अंकले बढेर तीन सय ५० दशमलव ७५ अंकमा चढेको छ ।  

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ४७ हजार एक सय १७ पटकको कारोबारमा ६३ लाख ९३ हजार दुई सय ४५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब २५ करोड ९९ लाख ५९ हजार चार सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये विकास बैंक समुहको सूचक ४१ दशमलव ६७, जलविद्युत समुहको सूचक २७ दशमलव ९१, जीवन बीमा समुहको सूचक ४१ दशमलव २१ र निर्जीवन बीमा समुहको सूचक ९६ दशमलव ६३ अंकले बढेको छ । यि बाहेक फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ समुहहरुको सूचक पनि बढेका छन् ।  

कारोबार भएका कुल कम्पनीहरु मध्येमा आज दोल्ती पावर कम्पनी, रुरु जलविद्युत परियोजना, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने पिपुल्स पावर लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी गोर्खाज फाईनान्स, रुरु जलविद्युत परियोजना आदिको भने आज बढी रकम कारोबार भएका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update