Kath khabar
नेप्से राताम्मै, १५ अंकले घट्दा दुई अर्ब पाँच करोडको कारोबार


                   काठमाडौं, वैशाख १० । नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार १५ दशमलव ४१ अंकले घटेर एक हजार नौं सय ६९ दशमलव शून्य दुई अङ्कमा सिमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८० अंकले घटेर तीन सय ४७ दशमलव ९५ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय २० वटा कम्पनीहरुको ३८ हजार पाँच सय ५२ पटकको कारोबारमा ५६ लाख ५६ हजार दुई सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल दुई अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक सामान्य अंकले बढेपनि बाँकी समुहहरूको सूचक उच्च अंकले घटेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सूचक छ दशमलव ५२, विकास बैक समुहको सूचक ३७ दशमलव ३८, फाइनान्स समुहको सूचक ४१ दशमलव ८०, जलविद्युत समुहको सूचक २२ दशमलव १८, जीवन बीमा समुहको सूचक ७९ दशमलव ९८ र निर्जीवन बीमा समुहको सूचक ५६ दशमलव २१ अंकले घटेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य ट्रेडिङ समुहहरूको सूचक घटेर राताम्मै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पिपुल्स पावर लिमिटेड, कुमारी धनबृद्धि योजना, प्रभु स्मार्ट फण्ड आदिको शेयर मूल्य बढेको छ भने दोल्ती पावर कम्पनी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने गोर्खाज फाइनान्स, जोशी हाईड्रोपावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update