Kath khabar
शून्य दशमलव १५ अंकले बढ्यो नेप्से


                  काठमाडौं, वैशाख १२ । नेप्से झिनो अंकले बढेको छ । नेप्से आज बुधबार शुन्य दशमलव १५ अंकले बढेर एक हजार नौं सय ६९ दशमलव १७ अंकमा कायम रहेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६० अंकले बढेर तीन सय ४८ दशमलव ५५ अंकमा कायम हुन पुगेको छ ।

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ३६ हजार चार सय ८३ पटकको कारोबारमा ७२ लाख ८४ हजार दुई सय ७२ कित्ता शेयर किनबेच भएका छ्न् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार नौं सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक समुहको सूचक दुई दशमलव १९, फाइनान्स समुहको सूचक ४७ दशमलव ६२ र उत्पादनमूलक समुहको सुचक ४९ दशमलव ३८ अंकले बढेको छ । यि बाहेक विकास बैंक समुहको सुचक पाँच दशमलव ३१ अंकले घट्दा जलविद्युत समुहको सुचक पनि पाँच दशमलव शून्य दुई अंकले घटेको छ । जीवन बीमा समुहको सुचक पनि ४० दशमलव ६२ अंकले घट्दा निर्जीवन बीमा समुहको सुचक पनि ४४ दशमलव ८५ अंकले घटेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरुको सुचक पनि घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पोखरा फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, सर्पोट माइक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने माईखोला हाइड्रोपावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेपाल पुनर्बीमा कम्पनी, पोखरा फाइनान्स आदि परेका छन् ।
 Paste

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update