Kath khabar
१४ अंकले बढ्यो नेप्से, ट्रेडिङ बाहेक सबै समुहले कमाए


                 काठमाडौं, वैशाख १६ । नेप्से बढेको छ । आज आइतबार नेप्से १४ दशमलव ३३ अंकले बढेर १९ सय ८० दशमलव २७ अंकमा चढेकोमा सेन्सिटिभ पनि दुई दशमलव ६२ अंकले बढेर तीन सय ५० दशमलव ८० अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ४८ हजार एक सय ८३ पटकको कारोबारमा ६८ लाख ७८ हजार एक सय ५९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ६८ करोड २५ लाख ८६ हजार नौं सय ५५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये ट्रेडिङ समुहको सूचक घटेपनि बाँकी समुहहरुको सूचक बढेका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सूचक दुई दशमलव ५५, विकास बैंक समुहको ८५ दशमलव ८५, फाइनान्स समुहको सूचक ८१ दशमलव ८९, जलविद्युत समुहको सूचक १० दशमलव ५१ , जीवन बीमा समुहको सूचक ७२ दशमलव ३० र निर्जीवन बीमा समुहको सूचक एक सय आठ दशमलव ३१ अंकले बढेका छन् । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज पोखरा फाइनान्स, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल आदिको शेयर मूल्य बढेका छन् भने रिभर फल्स पावर लिमिटेड, पिपुल्स पावर लिमिटेड, पोखरा फाइनान्स आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाइनान्स, पिपुल्स पावर लिमिटेड आदि परेका छन् ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update