Kath khabar
सात अंकले घट्यो नेप्से - कारोबार रकम चार अर्ब १३ करोड नाघ्यो

काठमाडौं, वैशाख  २०  | नेप्से आज घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सात दशमलव ३१ अंकले घटेर १९ सय ९८ दशमलव ९६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव ४८ अंकले घटेर तीन सय ५६ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ६४ हजार एक सय ८१ पटकको कारोबारमा ९४ लाख ९८ हजार दुई सय ९८ कित्ता सेयर खरिद बिक्री हुँदा आज कुल कारोबार रकम चार अर्ब १३ करोड ३३ लाख ६२ हजार सात सय २६ रुपैंयाँ पुगेको छ ।  


नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा लघुवित्त समुहको सुचक एक सय ३९ दशमलव १३ र व्यापार समुहको सुचक एक दशमलव ८८ अंकले बढेका छन् भने बाँकी समुहहरुको सुचक घटेका छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दशमलव ६२, बिकास बैंक समुहको सुुचक ८५ दशमलव ५९, फाईनान्स समुहको सुुचक १० दशमलव २२, जलबिद्युत समुहको सुचक २७ दशमलव १४, जीवन बीमा समुहको सुचक ४१ दशमलव ३९ र निर्जीवन बीमा समुहको सुचक एक सय दुई दशमलव ६२ अंकले घट्दा  होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन् ।


कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समता घरेलु लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था आदिको सेयर मुल्य बढेका छन् भने पिपुल्स पावर लिमिटेड, पोखरा फाईनान्स, मिड सोलु हाईड्रोपावर लिमिटेड आदिको सेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी, पोखरा फाईनान्स आदि परेका छन् ।  
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update