Kath khabar
नेप्सेमा २४ अंकको पहिरो



                     काठमाडौं, वैशाख २३ । नेप्से घटेको छ । आज आईतबार नेप्से २४ दशमलव ५८ अंकले घटेर एक हजार नौं सय ७४ दशमलव ३७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ चार दशमलव ८६ अंकले घटेर तीन सय ५१ दशमलव १८ अंकमा सिमित भएको छ ।

नेप्सेमा आज तीन सय १६ वटा कम्पनीहरुको ६० हजार पाँच सय २३ पटकको कारोबारमा ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा लघुवित्त र निर्जीवन बीमा समुहको सूचक बढेपनि बाँकी समुहहरुको सुुचक भने घटेर रातै भएका छन् । सो मध्ये वाणिज्य बैंक समुहको सूचक११ दशमलव ४२, विकास बैंक समुहको सुुचक एक सय नौं दशमलव १६, फाइनान्स समुहको सूचक४४ दशमलव ६०, जलविद्युत समुहको सूचक३८ दशमलव ४६ र जीवन बीमा समुहको सूचकएक सय ७३ दशमलव ८७ अंकले घटेका छन् ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचकपनि घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज दोल्ती हाईड्रो पावर कम्पनी, साधना लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने पिपुल्स पावर लिमिटेड, ग्लोवल आईएमई व्यालेन्स फण्ड १, सिंगटी हाईड्रो इर्नर्जी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

रकम कारोबारका आधारमा भने आज नेपाल फाईनान्स, हिमालयन डिष्ट्रिलरी प्राली, साइन रेसुंगा डेभलपमेन्ट बैक आदि परेका छन् ।

 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update