Kath khabar
पानीको जोहो गर्दै अग्निपीडित बालिका

काभ्रेपलाञ्चोक,वैशाख  २३  | काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडित बालिका तीरतिरे धारमा प्लास्टिकको बोतलमा खानेपानीको जोहो गर्दै रञ्जिता र रजनी तामाङ । स्थानीय जागेश्वर माध्यमिक विद्यालयको कक्षा छ अध्यनरत उनीहरु मङ्गलबार आगलागीका कारण आफ्नो घर पूर्णरुपमा क्षति भएपछि विद्यालय जान सकेका छैनन् । वनको डढेलोले वनमा खानेपानीको पाइप जल्दा अन्यत्रबाट ल्याइएको सानो पानीको जाहोमा दैनिकजसो उनीहरु सँगै पानी थाप्ने गरेको बताउँछन् । वनको डढेलो गाउँ पस्दा १५ घर जलेर नष्ट भएका थिए । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update