Kath khabar
दुई अंकले बढ्यो नेप्से, कमाउनेभन्दा गुमाउने समुह धेरै


                      काठमाडौं, वैशाख २५ । नेप्से सामान्य अंकले बढेको छ । यसअघि लगातार घटेको नेप्से आज मंगलबार भने दुई दशमलव शुन्य छ अंकले बढेर १९ सय ६० दशमलव ८१ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ४९ दशमलव ५८ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ३८ हजार दुई सय १४ पटकको कारोबारमा ५० लाख ६४ हजार ३८ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब १४ करोड पाँच लाख दुई हजार छ सय २१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये विकास बैंक समुहको सूचक १२ दशमलव ८०, लघुवित्त समुहको सूचक ९९ दशमलव ९८ अंकले बढेको छ भने सामूहिक लगानी कोष र अन्य समुहको सूचक पनि बढेका छन् ।

यि बाहेकका वाणिज्य बैंक समुहको सूचक शून्य दशमलव ८६ अंकले घटेको छ भने फाइनान्स समुहको सूचक २१ दशमलव ६० अंकले घटेको छ । जलविद्युत समुहको सूचक पनि १० दशमलव ४८ अंकले घटेकोमा जीवन बीमा समुहको सूचक पनि ३० दशमलव २२ अंकले घटेको छ । यि बाहेक निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र व्यापार समुहको सूचक पनि घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने बोटलर्स नेपाल (तराई) लिमिटेड, माउन्टेन हाईड्रो नेपाल लिमिटेड आदिको शेयर मुल्य घटेका छन्. । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाईनान्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।  

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update