Kath khabar
शून्य दशमलव २१ अंकले घट्यो नेप्से


                     काठमाडौं, वैशाख २६ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने घटेको छ । नेप्से आज शून्य दशमलव २१ अंकले घटेर १९ सय ६० दशमलव ६० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव १७ अंकले घटेर तीन सय ४९ दशमलव ४० अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ४१ हजार एक सय ३७ पटकको कारोबारमा ५८ लाख ७४ हजार नौं सय ६७ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कारोबार रकम दुई अर्ब ५४ करोड ७० लाख २० हजार आठ सय २५ रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापार समुहको सूचक बढेका छन् । यि बाहेक वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समुहको सुचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था, दोल्ती हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने कुमारी सबल योजना, मैलुङखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने फष्र्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update