Kath khabar
एकैदिन ४५ अंकले बढ्यो नेप्से, पाँच अर्ब भन्दा बढीको शेयर किनबेच


                      काठमाडौं, जेठ ६ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज ४५ दशमलव ६९ अंक बढेर दुई हजार ६४ दशमलव ४५ अंकमा पुगेको छ भने सेन्सिटिभ पनि आठ दशमलव ३९ अंकले बढेको छ ।  

नेप्सेमा आज तीन सय २३ वटा कम्पनीहरुको ७४ हजार नौं सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ५० हजार कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार पाँच अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त  सहितका सबै समुहहरूको सूचक उच्च अंकले बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने माण्डु हाइड्रोपावर लिमिटेड, पिपुल्स पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update