Kath khabar
नेप्सेमा २७ अंकको उच्च वृद्धि


                      काठमाडौं, जेठ ७ । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेआज सोमबार पनि २७ दशमलव ५४ अंकले बढेर दुई हजार ९२ अंकमा चढेकोमा सेन्सिटिभ सात दशमलव ३१ अंकले बढेर तीन सय ७४ दशमलव शुन्य सात अंकमा चढेको  छ ।

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ८० हजार नौं सय ८२ पटकको कारोबारमा एक करोड ४३ लाख ७० हजार छ सय ८९ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार कुल कारोबार रकम पाँच अर्ब ८५ करोड ४३ लाख ५४ हजार दुई सय १२ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक र लघुवित्त समुहका सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक भने उच्च अंकले बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामुदायिक लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा उपकार नेपाल लघुवित्त वित्तीय संस्था, युनिक लघुवित्त वित्तीय संस्था आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पोखरा फाइनान्स, सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update