Kath khabar
दक्षिणकालीको भीरमा भेटियो एक महिला र पुरुषको शव
Symbolic Photo



                         काठमाडौं, जेठ  २४ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ केराबारीको भीरमा एक जना महिला र अर्का एक जना पुरुषको शव भेटिएको छ ।

काठमाडौं– दक्षिणकाली सडकबाट करिब दुई सय मिटर तल भीरमा उनीहरुको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । शव नजिकै बागमती प्र ०३–०२–००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

मृतक पुरुष धादिङ सिद्धलेख गाउँपालिका वडा नम्बर-५ घर भई भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र महिला चाँगुनारायण नगरपालिका-५ की ३२ वर्षीया सविना राईको भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन टोली भीरबाट शव निकाल्न जुटेको जानकारी दिँदै उहाँले बुधबार साँझ शव देखेर स्थानीयले खबर गरेका बताउनुभयो ।


 

 

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update