भित्रियो यस वर्षको मनसुन प्रणाली
![भित्रियो यस वर्षको मनसुन प्रणाली](https://www.kathkhabar.com/uploads/posts/monsoon-1-1718013234.jpg)
काठमाडौं, जेठ २८ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
---
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ १५:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय