Kath khabar
'सानु म' गीतका मोडल दीपेश लामाको असामयिक निधन


                       काठमाडौं, जेठ ३० । चर्चित नेपाली गीत 'सानु म' का मोडल दीपेश लामाको निधन भएको छ । काठमाडौंको बसुन्धरामा हिँड्दै गरेको अवस्थामा उनी अचानक बेहोस भएर लडेका थिए । हृदयघातका कारण उनको सडकमै असामयिक निधन भएको बताइएको छ । 

३९ वर्षीय लामालाई हेपाटाइटिस बी भएको परिवारका सदस्यले जनाएका छन् । उनले मोडलिङ गरेका थुप्रै गीत मध्ये प्रेम लामाको स्वर रहेको  'तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म' सर्वाधिक चर्चामा रहेको गीत हो । जसमा दीपेश र सुबानी मोक्तानको अभिनय रहेको छ । उनको पार्थिव शरीरलाई आज नै अन्त्येष्टि गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update