चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

कञ्चनपुर, वैशाख २१ । कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका-१२ की २४ वर्षीया लालमती रानाको चट्याङ लागेर मृत्यु भएको हाे । घटनामा उनका श्रीमान् २५ वर्षीय रतन सिंह राना गम्भीर घाइते भएका छन् । आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर उनका रतन सिंह राना गम्भीर घाइते भएका हुन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२ १६:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय