Kath Khabar
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नमिल्ने, उपचारको उचित प्रबन्ध गर्न आदेश

                 काठमाडौं, वैशाख २१ । जिल्ला अदालत काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न नमिल्ने भएपछि प्रसाईंको उपचार प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आदेश दिएको हो ।

इजलास समक्ष पेस गर्दा प्रसाईंले आफू क्यान्सरको बिरामी भएको जिकिर गरेका थिए । आफू क्यान्सर रोगी भएको र उपचारका लागि तारेक वा हाजिर जमानीमा रिहा गर्न माग गर्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश जारी गरेको हो।

यस्तै प्रसाईंको माग बमोजिम हाजिर जमानी र तारिखमा छाड्न नमिल्ने पनि उक्त आदेशमा उल्लेख छ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update