हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

काठमाडौं, वैशाख २५ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२३ ओमबहाल बस्ने भारत कलकत्ता घर भएका ६७ वर्षीय सुरज दत्त र चन्द्रागिरी नगरपालिका-१५ तिनथाना बस्ने रूपन्देही देवदह नगरपालिका घर भएका ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट उनीहरूलाई नगद ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय