Kath Khabar
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

                         काठमाडौं, वैशाख २६ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update