Kath Khabar
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुरकाे छालिङबाट पक्राउ

                            काठमाडौं, वैशाख २६ । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update