ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

कैलाली, जेठ ११ । ब्यूरोबाट खटि आएको असई हुँ भन्दै ठगी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-५ शिवनगर बस्ने २६ वर्षीय निराजन थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित धामी होटलका सञ्चालकलाई विगत २/३ दिन देखि पटक/पटक ब्यूरोबाट खटि आएको असई भन्दै रकम मागेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न थापालाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय