राजु पाण्डेको पक्षमा अदालतको आदेश

काठमाडौं, असार ४ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन अदालतले आदेश दिएको हो ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको थियो । निलम्वनमा परेपछि गुरागाईँको निर्णयविरुद्ध उच्च अदालत पुगेका थिए ।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ २२:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय