Kath Khabar
वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा कैदीको मृत्यु पछि तनाव, आफन्तद्धारा प्रदर्शन

                         पर्सा, साउन २७ । वीरगन्जको नारायणी अस्पतालमा आज उपचारका क्रममा एक कैदीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् ।  कर्तव्य ज्यान मुद्दामा २५ वर्षको जेल सजाय भोगिरहेका २८ वर्षीय कैदी राहुल साहको मंगलबार बिहान मृत्यु भएको हो ।

 अस्पतालको गेटमा प्रदर्शनकारीहरूले नाराबाजी र विरोध जारी राखेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । परिवारका सदस्यहरूले कारागारले समयमै उपचार नगरेको कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।  छाती दुख्ने र फुल्ने समस्या देखिएपछि कारागार प्रहरीले उनलाई नारायणी अस्पताल लगेको थियो ।

उनको  स्वास्थ्य अवस्था गम्भीर भएकाले डाक्टरहरूले तुरुन्तै आईसीयूमा भर्ना हुन सल्लाह दिएको बताइएको छ । त्यस अस्पतालमा आईसीयू बेडहरू उपलब्ध नभएकोले डाक्टरहरूले उनलाई अर्को अस्पतालमा रिफर गरेका थिए । तर प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आदेश उद्धृत गर्दै प्रहरीले स्थानान्तरण रोकेको परिवारले बताएका छन् ।

उनको मृत्युपछि, आक्रोशित आफन्त र स्थानीयहरूले जिम्मेवार व्यक्तिहरूलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update