Kath Khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

                       काठमाडौं, भदौ  २५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार एक सूचना जारी गरी विमानस्थल बन्दबारे जानकारी दिएको हो ।

उपत्यकामा जारी भएको निषेधाज्ञा, कर्फ्यु आदेश, उपत्यकाभित्रको विषम परिस्थितिलगायत विमानस्थल वरपर उडान मार्गमा देखिएको धूवाँका कारण सुरक्षामा जोखिम बढाएकाले तत्काल विमान सञ्चालन असम्भव भएको स्पष्ट गरेको छ ।  

विमानस्थल खुलेको सूचना नआएसम्म विमानस्थलमा नआउन पनि कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update