कुलमान घिसिङलाई सरकार प्रमुख बनाउन जेनजीको अर्को विज्ञप्ति
                        
                        
                                                
                                            
                                                                    काठमाडौं, भदौ २६ । जेनजी समूहले फेरि अर्को एक विज्ञप्ति जारी गर्दै सुशीला कार्की नभएर कुलमान घिसिङलाई अन्तरिम सरकारको अध्यक्षका रुपमा पठाउने निर्णय भएको जनाएको छ ।
यसअघि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने तयारी भइरहेको भए पनि केही युवाले विरोध जनाएका छन् ।
‘संविधान बमोजिम पूर्वप्रधानन्यायाधिस, न्यायाधीसहरु यो पदमा नियुक्तिका लागि योग्य नहुने, ७० वर्ष उमेर नाघेकाले उहाँले जेन जीको प्रतिनिधित्व पनि गर्न नसक्ने भएकाले उहाँको नाम अस्वीकृत गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

 
प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १६:१५
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
