Kath Khabar
काठमाडौं उपत्यकामा निषेधाज्ञा र कर्फ्यू भोलि पनि जारी

                काठमाडौं, भदौ २६ । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि निरन्तरता दिएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयले एक बिज्ञप्ति जारी गर्दे भोलि भदौ २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्ने जानकारी गराएको छ । सुचनामा साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ ।

बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

"पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरूबाट व्यवस्था गरिएको छ", सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

26-1757608429.jpg

226-1757608430.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update