देशका पहाडी र तराईका केहि स्थानमा मध्यम तथा यि पाँच प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, भदौ २७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका केही तथा तराई भू-भागका थोेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ ०७:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय