काठमाडौं, भदौ ३१ । जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा मंगलबार गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका हुन् । महाराजगन्जस्थित टिचिङ अस्पतालबाट चक्रपथ परिक्रमा गराउँदै पशुपति आर्याघाटतर्फ शव यात्रा गरी अन्त्येष्टिका लागि लगिएको हो ।
१० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा आर्यघाटमा गरिएको छ भने बाँकी ६ पार्थिव शरीर भने सेनाको हेलिकप्टरबाट उनीहरूको जन्मथलो लगिने जनाइएकाे छ । शवयात्रामा सहभागिता जनाउन जेन जी समुहहरुले आग्रह गरेका थिए ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय गरेकाे छ भने असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गरेकाे छ ।जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भइसकेको छ ।