Kath Khabar
तीन प्रदेशका पहाडी स्थानमा आज भारी वर्षाको सम्भावना

                           काठमाडौं, असोज ८ । हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायूको आँशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update