Kath Khabar
तुईन खोलामा झरेकाे पहिराे हटाउने क्रम जारी, पहिरो पन्छाउन समय लाग्ने

                                   भरतपुर, असोज ९ । मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै पहिरोका कारण सडक आवागमन अझैपनि पुर्णरूपमा बन्द नै छ ।

बुधबार साँझ परेकाे ठुलो वर्षाका कारण राती अबेरसम्म पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएकाे छ । आज बिहानैदेखि पहिरो पन्छाउनको लागि नारायणगढ र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको कार्यालयले जानकारी दिएकाे छ । सिमित ठाउँको कारण धेरै उपकरणहरू एकैपटक संचालन गरेर कार्य गर्न नसकिएको अवस्था रहेको हुँदा पहिरो पन्छाउन समय लाग्ने भएको छ । 

त्यसैले सडक आवागमन पुर्ण रूपमा संचालन नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी तथा यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले अनुरोध गरेकाे छ ।

"मुग्लिन नारायणघाट सडक खण्डको तुईन खाेला पुल नजिकै पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द हुन पुगेको छ । हिजो साँझ ठुलाे वर्षातका कारण राती अबेरसम्म पहिरो पन्छाउन समस्या भएकाे थियाे । आज बिहान ५:३० बजेदेखि पहिरो पन्छाउनकाे लागि नारायणगढ र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको छ । limit space काे कारण धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न नसकिएको अवस्था हुँदा पहिराे पन्छाउन समय लाग्ने भएकाे छ । सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्नुहुने सम्पूर्ण सवारिधनीहरू एवं यात्रुमहानुभावहरूलाई वैकल्पिक सडक प्रयाेग गरिदिनुहुन अनुराेध गर्दछौं ।"

-सडक डिभिजन भरतपुर

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update