Kath Khabar
नारायणगढ-मुग्लिन सडकखण्ड गएरातिदेखि सहज रूपमा दुईतर्फी संचालनमा

                         भरतपुर, असोज १० । नारायणगढ-मुग्लिन सडकखण्ड गएरातिदेखि सञ्चालनमा आएको छ । यतिबेला सडक आवागमन निर्वाध रूपमा दुईतर्फी संचालनमा रहेको जानकारी सडक डिभिजन भरतपुरले दिएको छ ।

उक्त सडकखण्डको तुइन खोलामा शुक्रबारदेखि पटकपटक गरी खसेको पहिरोका कारण करिब १०५ घण्टा यातायात अवरूद्द अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि बिहीबार राति १०:३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको हो ।

तत्काल पहिरो झर्ने खालको अवस्था नरहेकाले अब आत्तिनुपर्ने अवस्था नरहेको कार्यालयले जनाएको छ । साथै, सवारीचालकहरूले लेन अनुशासनको पालना गरि सवारीसाधन चलाउन कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update