बझाङमा भूकम्पको धक्का महसुस
काठमाडौं, असोज २९ । बझाङमा गए राति भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दान्तोला केन्द्रबिन्दु भएर राति १ बजेर ८ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।
४.९ म्याग्निच्युड मापन गरिएको भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको छ । भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ ०७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय