यि दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

काठमाडौं, कात्तिक ४ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएकाे छ ।
आज राती सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२ ०८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय