Kath Khabar
आज रातिदेखि बुधबार बिहानसम्म यि स्थानमा वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

                                  काठमाडौं, कात्तिक १० । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावले दुई दिन देशभर वर्षा तथा हिमपात हुने भएको छ ।

आज राती देखि १२ गते बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ । 

सम्भावित हिमपात र वर्षाको कारणले दैनिक जन-जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

 

 

570958066_1829229787986098_5346441214623907297_n-1761560706.jpg
 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update