संखुवासभाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प
संखुवासभा, कात्तिक ११ । संखुवासभा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । संखुवासभा जिल्लाको किमाथांका आसपास केन्द्रबिन्दु भएर आज बिहान ७ बजेर ३२ मिनेट जादा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सो भूकम्पमा परी प्रहरीले उक्त क्षेत्रमा बिहानैदेखि आवश्यक विवरण संकलन गरिरहेको छ । हालसम्म कुनै पनि मानविय तथा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

