Kath Khabar
अवैध लागूऔषध सहित ६ जना पक्राउ

                               काठमाडौं, कात्तिक ११ । कैलाली, धनगढी उपमहानगरपालिका-५ हसनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१७ बस्ने २२ वर्षीय हरि चौधरी र गोदावरी नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रविन राना रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने २८ वर्षीय अरूण चन्दलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

झापा, दमक नगरपालिका-९ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम र नगद १८ हजार रूपैयाँ सहित सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय मनोज धिमाललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.१ ह ७०६५ नम्बरको सिटी सफारीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, बाणगंगा नगरपालिका-१ बैरिया बस्ने सोही नगरपालिका-८ बोडगाउँ घर भएका २२ वर्षीय बिजय लम्साल क्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ४० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ कपिलवस्तु नगरपालिका-११ जहदी बस्ने २८ वर्षीय अनिल बरईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनिललाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update