यि प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, कात्तिक १२ । हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपात भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती देशभर आंशिक बदली बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ ०७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

