पर्यटकको उद्धारको लागि गएको अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बु, कात्तिक १२ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।
क्याप्टेन विवेक खड्काले उडाएको ९ एन एएमएस हेलिकोप्टर आज बिहान ०७ः५२ बजे सगरमाथा आधार शिविर नजिकै लोबुचेमा दुर्घटनामा परेको हो । क्याप्टेन खड्का सकुशल रहेका छन् । हेलिकप्टरमा चालक मात्र रहेका थिए ।
पर्यटकको उद्धारको लागि गएको हेलिकप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

